शनिबार, जेष्ठ २७, २०८०

उपत्यकामा आजदेखि प्लास्टिक झोला बिक्री र प्रयोग गरे कारवाही

काठमाडौ बैशाख १,  सरकारले आजदेखि प्लाष्टिक झोला मुक्त काठमाडौं भन्ने नाराकासाथ आज बिहान प्रभात फेरीको आयोजना गरेको छ । बिभिन्न plastic-bags1राजनीतिक दलका नेता, वातावरणवीद,बिभिन्न संघ–संस्था, नागारिक समाज र बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रभातफेरीमा प्लाष्टिक झोला मुक्त सहर हामी सबै नेपालीको रहर, नयाँ बर्षको संकल्प कागज कपडा बिकल्प ,प्लाष्टिक झोलाको प्रयोग नगरम चेतनामुलक प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो भने प्रभातफेरी भृकुटीमण्डपबाट निकालिएको ¥याली इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क हुँदै पुनः भृकुटी मण्डप पुगेर समापन भएको थियो ।

त्यस्तै व्यवस्थापिका संसद्को वातावरण संरक्षण समितिको गत भाद्रमा प्लाष्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएअनुरुप आजबाट उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक लगाएको हो । यदि यसको वावजुद पनि रोक लगाइएको काम गरेमा वातावरण संरक्षण ऐन अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गरिने सरोकारवाला निकायले जनाएको छ ।

स्वच्छ वातावरण आम नागरिकको अधिकार : उपप्रधानमन्त्री सिंह

यसैवीच उपत्यकालाई आजदेखि प्लास्टिक झोलामुक्त घोषणा गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको प्रतिबद्धता सभालाइ सम्बाधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वच्छ वातावरण आम नागरिकको अधिकार भएकोमा जोड दिँदै सरकारले प्लास्टिक झोलाको प्रयोग तथा उत्पादनमा अहिले काठमाडौँ उपत्यकामा र केही समयपछि उपत्यका बाहिर पनि प्रतिबन्ध लगाउँदै जाने जानकारी दिनु भएको छ ।

त्यस्तै उक्त सभामा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, व्यवस्थापिका– संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारी, कृषि समितिका सभापति गगन थापा, वातावरण समितिका सभापति जनकराज चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललगायतले सो अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउन त्यसको कार्यान्वयनमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031