काठमाडौ चैत्र २५ , लोक सेवा आयोगले एसियाली विकास बंैकको सहयोगमा सञ्चालित आइसिटी डेभलपमेन्ट प्रोजेक्टअन्तर्गत पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम कार्यान्वयनको चरणमा रहेको आयोगले जनाउँदै अयोगको तर्फबाट सम्पादन गरिने कुनैपनि कार्यलाई प्रविधिमैत्री बनाउँदै र सङ्गठनात्मक सबलता वृद्धि गर्दै लैजाने उद्देश्य अन्र्तगत विद्युतीय माध्यमबाट दरखास्त बुझ्ने कार्य सुरु गरेको छ ।
आयोगद्वारा चैत २५ मा प्रकाशित नेपाल विविध सेवा, राजपत्र अनङ्कित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गतका विभिन्न उपसमूहका विभिन्न पद र इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र, राजपत्र अनङ्कित द्वितीय अनमि पदको दरखास्त फारम परीक्षणको रूपमा यसै पटकदेखि अनलाईन सेवाबाट स्वीकार गर्ने व्यवस्था मिलाइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।