आइतवार, चैत्र १९, २०७९

आम हड्तालको कारण देशभरको जनजीवन प्रभावित ,बुद्धनगरमा सवारीसाधन तोडफोड र आगजनी

काठमाडौं चैत्र २४,  संविधान निर्माणको सवालमा सत्तारुढदल काँग्रेस र एमालले सहमतिको वातावरण नामेट गर्दै बहुमतिय दम्भ सहित सुरुवात गरेके प्रक्रियाको प्रतिकार गर्दै सत्ताधारी दललाई सहमतिका लागि दवाव दिनभन्दै एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाद्दारा पूर्वघोषित तीन दिने आम हड्तालको आज पहिलो दिन देशभरको जनजीवन प्रभावित भएको छ । हड्तालको क्रममा बन्दकर्ताहरुले राजधानी लगायतका बिभिन्न स्थानमा चौकचौकमा भेला भएर बस्नुको अलावा अरु बन्दको दिनमा भन्दा भित्री टोल र गल्लीहरुमा पनि जुलुससहित पसलहरु बन्द गराउँदै हिडेका छन् ।

यसैक्रममा बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौंको विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बाकेको भ्यानमा तोडफोड गर्दै गर्दा । प्रहरीले दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ ।
त्यस्तै एमाओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । यसैवीच बालकुमारीमा पनि बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031