आइतवार, चैत्र १९, २०७९

आज सातौ पटक जुजुभाईले जिब्रो छेड्ने

काठमाडौँ वैशाख २,   बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते बुधबार मध्यपुर थिमि बालकुमारीमा एकाबिहानै सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । विस्केट जात्राको अवसरमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा   अन्र्तगत आज दिउँसो थिमी बोडे–१ का ३६ वर्षीय जुजुभाईले बाँस श्रेष्ठले सातौ पटक सयौँ मानिसका अगाडि छेड्ने भएका छन् । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

20140415-20140415-_MG_2950_9609 20140415-20140415-_MG_2993_9652 20140415-20140415-_MG_2443_9104

जिब्रो छेड्नु अघि कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेर जिब्रो छेड्ने जात्रा गर्न दिउँसो बोडेको पाँचो गणेशको  दक्षिण फर्केको पाटीमा  एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले जिब्रो छेड्दै  चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल  घुम्ने गर्दछन । त्यसपछि  पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर जिब्रोको घाउमा  महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लगाउनु नपर्ने विश्वास सहित महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा  गर्दै जात्रा  समापन गर्ने गरिन्छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे  त्यसपछि महाप्रतापि तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो । भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको र त्यसैको रुमरणमा जात्रा प्रचलनमा रहेको किंवदन्ती छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031