आइतवार, चैत्र १९, २०७९

आज देशैभर लोकतन्त्र दिवस मनाइदै

काठमाडौं बैशाख ११, आज दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन अर्थात वैशाख ११ गते । आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६२/६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रूपमा लिइएको छ । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ । यसैका जगमा तत्कालीन नेकपा माआवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो  ।

लोकतन्त्र दिवसका अवसरमा आज राजधानी लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि सफलता प्राप्त गरेको आन्दोलनको दिनको सम्झनामा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ। जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली काँग्रेस सहितका तात्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए। त्यस्तै राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसदवादी सात राजनीतिक दल र माओवादी १२ वुँदे दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो। भारतको दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न ऐतिहासिक १२ बुँदे समझदारी भएपछि नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन्। २०६२ चैतमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेके र अन्ततः नेपाली जनताको जीत भएको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031