काठमाडौ वैशाख ११, पतञ्जली योगपीठ नेपालको आयोजना एवम् योगगुरु रामदेवको उपस्थितिमा
आजदेखि राजधानीको टुँडिखेलमा पाँच दिने निःशुल्क योग शिविर सञ्चालन गरिएको छ । नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले योग शिविर सञ्चालनको लागि विहिवारनै योगगुरु रामदेव राजधानीआईपुग्नुभएको थियो ।
“बिहान ५ बजेदेखि ८ बजेसम्म हुने शिविरमा ४० हजार सर्वसाधारण सहभागी हुनेछन् । शिविरमा रामदेवसँगै आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले पनि योग सिकाउने कार्यक्रम रहेको पतञ्जली योगपीठले जनाएको छ।