ललितपुर वैशाख ६, नेपाल पत्रकार महासङ्घ र नेपाल अन्तर्राष्ट्रिय मिडिया मिसनद्वारा संयुक्त रुपमा आज ललिपुरमा आयोजित कार्यक्रममा
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि सरकार, सञ्चारमाध्यम तथा यसक्षेत्र सङग सरोकार रख्ने सबैले आ – आफ्नो तह र तप्काबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिईएकोछ । कार्यक्रममा युनेस्कोका प्रतिनिधि क्रिश्चियन मानहार्टले पत्रकारको सुरक्षामा संवेदनशील भएकाले यस कार्यमा अन्तर्राष्ट्रिय रुपबाट पूर्णरुपमा सहयोग गरिने जानकारी दिनु भएको थियो ।
त्यस्तै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकभरका सञ्चारगृहमा कार्यरत पत्रकारहरुको अधिकारका लागि महासङ्घले आवाज उठाउँदै आएको बताउनुभएको थियोभभने महासङ्घकी उपाध्यक्ष अनिता बिन्दुले महिला सञ्चारकर्मीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पत्रकारका लागि पारिश्रमिक, बिमा, नियुक्तिपत्रलगायतका विषयमा समस्या रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । नेपालमा हाल ८१ वटा टेलिभिजनहरु, ६१० रेडियो एफएम तथा छ हजार ५१९ वटा छापा प्रकाशनगृहमा करिब एक हजार ६१३ महिला पत्रकारहरु कार्यरत रहेको जानकारी दिईएको थियो । कार्यक्रममा पत्रकार लक्ष्मणदत पन्त, सामुदायिक रेडियो प्रसारण महासङ्घका महासचिव गोविन्द देवकोटा उज्ज्वल आचार्यलगायतले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।