सोमवार, चैत्र १३, २०७९

अन्तर्राष्ट्रिय नितिअनुरुप आमसन्चार नीति बनाउन सरकारलाई मिसनको सुझाव

काठमाडौ वैशाख १०, नेपाल पत्रकार महासङघको आमन्त्रणमा सन् २००५ देखि सुरू भएका अन्तर्राष्ट्रिय मिसनको आठौं श्रृंखला अन्र्तगत आएको अन्तर्राष्ट्रिय मिडिया मिसन टोलीले आफ्नो पाँच दिने भ्रमणको समापनको क्रममा FNJ_logo2आयोजित पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय नितिअनुरुप आमसन्चार नीति बनाउन नेपाल सरकारलाई सुझाव दिएको छ ।

 त्यस्तै मिसनले सरकारलाई प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गर्दै अदालतको अपहेलनासम्बन्धी विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन पनि सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ । यसवीचमा मिसनले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामा केन्द्रीत हुँदै राजनीतिक दल,सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल एवम् सन्चार माध्यमका व्यवस्थापक, श्रमजीवी पत्रकारका पेशागत संगठनहरूसँग छुट्टा–छुट्टै छलफल गरेको थियो ।

मिसन टोलीमा आमार्कका सुमन बस्नेत, एसिया प्यासिफिक (टीभीसी)का मीनबहादुर शाही, आर्टिकल–१९ का ताहमिन रहमान, सीएलडीका टोबी मेन्डल, सीपीजेका सुमित गलहोत्रा, युनेस्कोका एलिजावेद हिृवचेल, आएएफजेका जेन वार्थिङटन, आइएफजे साउथ एसिया कोअर्डिनेटर उज्ज्वल आचार्य, आइएमएसका जेसवर्ग होजवर्ग, मोर्टिन ओस्टिर्भेन्ज र विनोद भट्टराई, आएपीआइका पदमसिंह कार्की, ओपन सोसाइटी फान्डेसनका स्टेवार्ड चिसहोलं र इटवर्ड इटम्यान, आरएकएफ नेपाल टीवीसीका विनोद ढुंगेल र युनेस्कोबाट मरिउस लुकोसिनाउ नास, क्रिष्टिना म्यानहर्ट र लक्ष्मणदत्त पन्त रहनु भएको महासङघका महासचिव उजिर मगरद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031