शुक्रबार, चैत्र १७, २०७९

अनुमगनटोलीद्दारा २सय दस किलोग्राम प्लाष्टिक जफत

काठमाडौ वैशाख ४, काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त बनाउँने अभियान अन्र्तगत गत बैशाख १ गते देखि प्रयोगमा रोक लगाईएको भएपनि plastic-bags1प्रयोग र विक्रीमा आशातित रुपमा न्यून नआएको भन्दै सरोकारवाला निकायले प्रस्तावित अभियान अन्र्तगत वातावरण मन्त्रालयको नेतृत्वमा खटिएको टोलीले भक्तपुर र थानकोट भित्रने नाकाबाट दुई बोरा बेवारिसे प्लास्टिकका झोला जफत गरेको जनाएको छ।

त्यस्तै मन्त्रालयले उपत्यकालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानमा नयाँ बर्षको पहिलो दुई दिनमा दुईसय दस किलोग्राम प्लास्टिक जफत गरेको विहीवार आयोजित पत्रकार सम्मेलन जानकारी दिएको छ ।  साथै पत्रकार सम्मेलनमा असन क्षेत्रको थोक विक्रेताबाट १६५ किलोग्राम, ललितपुर क्षेत्रका पाँचवटा पसलबाट २५ किलोग्राम, कालिमाटी क्षेत्रका ११ पसलबाट १० किलोग्राम र प्लास्टिकका झोला जफत गरेको मन्त्रालयले जनाएको छ ।

प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा लगाइएको निर्णयमा पुनर्विचार गर्न आग्रह  : यसैवीच विहीवार नेपाल उद्योग वाणिज्य महासङ्घले एक विज्ञप्ति जारी राजधानीमा प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धप्रति पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा वातावरणको संरक्षणप्रति प्लाष्टिक उद्यमी र निजी क्षेत्र पूर्ण सचेत रहेको उल्लेख गर्दै महासङ्घले पोलिथिन झोलाको प्रयोग समस्या नभई त्यसको व्यवस्थापन मुख्य चुनौती रहेको भन्दै प्लाष्टिक झोला बिक्री वितरण र प्रयोगमा लगाउँदै गर्दा उद्योगहरू धराशायी हुनुको अलावा हजारौँलाई रोजीरोटी गुमेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031