शनिबार, चैत्र १८, २०७९

वार्ता र सहमतिको विकल्प छैन : प्रधानमन्त्री कोइराला

फोटो साभार: Reportersclubnepal

काठमाडौ चैत्र १७,  रिपोटर्स क्लब नेपालको १७ औँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहमतिको प्रयास भइरहेको अवगत गराउँदै त्यसका लागि सबै (विपक्षी) वार्तामा बस्नुपर्ने बताउनुभएको छ ।  त्यस्तै प्रधानमन्त्री कोइरालाले वार्ता र सहमतिको विकल्प नभएको बताउदै अब मुलुकमा द्वन्द्व नभई वार्ता, सहमतिको लागि , छलफल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

 कार्यक्रममा संविधानसभाध्यक्ष सुवास नेम्वाङले यही चैत्र २३ गते बस्ने संविधानसभाको बैठकअघि नै प्रमुख दलहरूबीच विवादित विषयमा सहमति हुनुपर्नेमा जोड दिनुभएको छ। त्यस्तै  कार्यक्रमका अर्का वक्ता एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानीबाट प्राप्त मान्यतालाई अवमूल्यन गरी संविधान जारी भए मुलुकमा अर्को ठूलो राजनीतिक उथलपुथल हुने भन्दै आफूले सहमतिमै संविधान जारी गर्न देखाएको लचकताको सत्तारुढदलले अवमुल्यन गरेको बताउँनुभएको थियो ।

तर नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वमा कहीँ पनि सर्वसम्मतिमा संविधान जारी नभएको उदाहरण दिँदै नेपालमा संविधान जारी गर्न आवश्यक पर्ने पूर्ण बहुमत कायम रहेको अवस्थामा पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिनुभएको उक्त कार्यक्रममा  एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,   मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी ,मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, नेकपा–माओवादीका नेता सिपी गजुरेल, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबरा, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतले  बोल्नुभएको सो   कार्यक्रममा ‘मैत्रीमय मोदी नेपाल–भारत बहुआयामिक सम्बन्ध’ नामक स्मारिका पनि विमोचन गरिएको थियो ।  कार्यक्रम क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न थियो  ।

 यसैवीच क्लबको वार्षिकोत्सवका अवसरमा  पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पु-याएका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको थियो । यरी  वार्षिकोत्सवमा रु ५० हजार र प्रमाणपत्र  सहितको  ‘तारिणीप्रसाद कोइराला स्मृति  पत्रकारिता पुरस्कार २०७१ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइराला लाई   त्यस्तै रु २५ हजार राशिको ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट काठमाडौ पोष्टका अनिल गिरी, रु २० हजार राशिको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोष्टका विकास कार्की, रु २० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला मोफसल पत्रकारिता’ पुरस्कारबाट शशी कोइराला, रु १० हजार राशिको ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’बाट वीणा सिन्हा तथा कृष्णा पौडेललाई पुरस्कृत गरियो थिये भने  रु १० हजार राशिको ‘सिर्जनशील युवा पत्रकारिता पुरस्कार’बाट क्रमस  पत्रकार टीकाराम प्रधान तथा उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट पत्रकार  कृष्ण अधिकारी, नेपाल टेलिभिजनका प्रदीप चापागाईं, नेपाल वाणी नेटवर्कका जीवन भण्डारी, राजधानी दैनिकका भीम गौतम, नयाँ पत्रिकाका पर्शुराम काफ्ले, तराई टेलिभिजनका कुलचन्द्र भट्टराई, अनलाइन खबरका अरूण बराल, ई–कान्तिपुर अनलाइनका शेखर अधिकारीलाई   सभाध्यक्ष सुवास नेम्वाङ र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा  पुरस्कृत गर्नभएको थियो  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728