शुक्रबार, चैत्र १६, २०८०

भ्रष्टाचारको प्रमाण पेस गर्न अधिवक्ताद्वयलाई सर्वोच्चको पत्र

काठमाडौ चैत्र १४,   सर्वोच्च अदालतमा भ्रष्टाचार बढेको भन्ने अभिव्यक्ति सहित अन्तरवार्ता दिने दुई अधिवक्तालाई स्पष्टीकरणका लागि सर्वोच्च 39 Raman-shresthaअदालतले शुक्रवार पत्र लेखेको छ ।
प्रधानन्यायाधीशको निजी सचिवालयले नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराई र पूर्वमहासचिव रमन श्रेष्ठलाई सर्वोच्च अदालतले आज पत्र लेख्दै कुन मुद्दामा कुन-कुन न्यायाधीशले   भ्रष्टाचार  गरेको हो सोको प्रमाणसहित सात दिनभित्र पेस गर्न पत्राचार गरेको छ ।

त्यस्तै सर्वोच्च अदालतले बारका अध्यक्ष हरिकृष्ण कार्कीलाई पनि बेग्लै पत्र लेखेको छ । गोप्य राखिने भन्दै अदालतले लेखेको पत्रमा कुन न्यायाधीशले कुन मुद्दामा भ्रष्टाचार गरेको हो, प्रमाणसहित तीन दिनभित्र लिखित जवाफ पेस गर्न अपिल  गरेको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार अधिवक्ताद्दयले अनलाइनमा न्यायालयमा भ्रष्टाचार भएको भनी अन्तर्वार्ता दिएको तथा बारले १३ औँ सम्मेलनको घोषणापत्रमा न्यायालयमा भ्रष्टाचार भएको भनी उल्लेख गरेकाले प्रमाणसहित जवाफ मागगरिएको जानकारीदिनुभएको छ ।