बिहिबार, बैशाख १३, २०८१

सवारीको नाममा जनतालाई सास्ती

काठमाडौ चैत्र १२,   राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज aत्यसतर्फ प्रस्थान गर्ने क्रममा राजधानीको सडक यातायात थप्प भएको छ । सवारीको क्रममा राजधानीका मुख्य सडकहरू खाली गराइएका थिए । जसलेगर्दा सर्वसाधारणले चर्को घाममा तीन घण्टा टट्टनिुपर्‍यो। यातायात साधनमा यात्रा गर्नेले हलचल मसत गर्नपाएन ।

राष्ट्रपति यादवको सवारीको नाममा गरिएको सडक थप्पका करण आम जनताले घण्टौ् सडक जामको सामना गर्नु परेको थियो  । यसवीचमा घण्टौको सडक जाम र सुरक्षाकर्मीको  हप्कीका   कारण वाक्क दिक्क् भएका  कतिपय यात्रु तथा सडक वटुवाहरु  मुलुकमा जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको भन्दै एक आपसमा हिजो राजाको सवारी नाममा जनतालाई सास्ती आज राष्ट्रपतिको सवारीको नाममा भन्दै काने खुसी गर्दै गरेको संवाद आफैमा अर्थ पूर्ण रहेको थियो ।