सोमवार, चैत्र १३, २०७९

एमाओवादी र माओवादीबीच पार्टी एकताका लागि कार्यदल गठन

काठमाडौ  चैत्र १, एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकता प्रक्रिया अगाडि बढाउँन आज दुई पार्टीबीच आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा वार्ता भएको थियो । वार्तामा पार्टी एकताका लागि दुवै पार्टीका शीर्ष नेता सहभागी रहेको नौ सदस्य कार्यदलसमेत गठन गरिएको छ । यसरी गठन गरिएको prachanda-baidhyaकार्यदलमा एमाओवादी अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी हुनुहुन्छ भने माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देवप्रसाद गुरुङ सदस्य रहनुभएको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वार्ता समिति नाम दिइएको उक्त कार्यदलले एकताका आधार तयार पार्ने, साङ्गठनिक र जिम्मेवारीलगायतका विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा मुलुकमा बढ्दै गएको प्रतिगमन, राष्ट्रघात र जनजीविका विषयलाई लिएर संयुक्त आन्दोलन उठाउनेसमेत दुई पक्ष सहमति बनेको र १० वर्षे द्वन्द्वका विषयलाई समाधान गर्ने ध्येयका साथ गठन गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगलगायतका विषयका सम्बन्धमा सरकारबाट भएका कदमहरू सकारात्मक नभएको भन्दै दुवै माओवादीले संयुक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णयसमेत गरेको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728