बिहिबार, चैत्र १५, २०८०

ट्राफिक प्रहरीले आजबाट प्रत्येक शुक्रबार सार्वजनिक गाडीका यात्रा गर्ने

काठमाडौं फागुन २९,   ट्राफिक नियमको पालनाको लागि भन्दै उपत्यकाका ट्राफिक प्रहरीले आजबाट प्रत्येक शुक्रबार सार्वजनिक गाडीमा यात्रा गर्ने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सबै तहका प्रहरी कर्मचारीले सार्वजनिक गाडीमा यात्रा गर्ने महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई उदृत गर्दै  प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै सार्वजनिक गाडीमा यात्रा गर्ने यस किसिमको कार्यले सार्वजनिक गाडीमा हुँने यावत वेथितीको समेत समाधान हुने र गाडी चढ्दा अनुगमन र चेकिङको दायरा पनि फराकिलो महशखा  को ठहर रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच ट्राफिक प्रहरीले आजदेखि ललितपुरमा युवा विद्यार्थीमाझ ट्राफिक प्रहरी भन्ने अभियान सुरु गर्दैछ । सवारी दुर्घटनामा ६० देखि ७० प्रतिशत युवाको ज्यान जाने गरेपछि अभियान सुरु गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले जानकारी दिनु भएको छ। ।