शुक्रबार, बैशाख ७, २०८१

पत्रकार राणा र झालाई चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

  काठमाडौं  फागुन २६, नेपाल प्रेस युनियन चितवनले हरेक वर्ष प्रदान गर्ने ‘चिजकुमार– विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ अग्रज पत्रकारहरु कविर राणा र धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताबाट निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै पत्रकार राणा र झालाई सम्मान  1510721_10203889322618898_5810054993357975221_nगर्न लागिएको हो । ‘चिजकुमार– विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ २०७० लागि कविर राणालाई पुरस्कृत गर्न लागिएको हो । देशान्तर साप्ताहिकका प्रधान सम्पादक रहेका राणा प्रेस युनियनका केन्द्रीय सल्लाहकार समेत हुन ।

त्यस्तै ‘चिजकुमार– विष्णुकुमारी श्रेष्ठ स्मृति राष्टिय पत्रकारिता पुरस्कार’ २०७१ का लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई दिने निर्ण गरिएको नेपाल प्रेस युनियन चितवनका सचिव अनिल ढकालले जानकारि दिनुभयो । नेपाल प्रेस युनियन चितवनले प्रजातन्त्रका सेनानी स्वर्गिय चिजकुमार श्रेष्ठको स्मृतिमा उहाको परिवारको सहयोगमा चिजकुमार विष्णुकुमारी स्मृति राष्टिय पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । युनियनले पत्रकारिता माध्यमबाट प्रजातान्त्रिक पद्धतिका लागि पु¥याएको योगदानको मुल्याङ्कन गरी हरेक वर्ष प्रदान गर्दै आईरहेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको संयोजकत्वमा रहेको पुरस्कार सिफारिस समितिबाट राणा र झालाई पुरस्कार दिनका लागि सिफारिस भए अनुसार नेपाल प्रेस युनियन चितवन शाखाको बैठकले सोलाई अनुमोदन गरेको हो । युनियनका चितवन जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । चितवनमा छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरी राणा र झालाई सो पुरस्कार प्रदान गर्ने प्रेस युनियन चितवनले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728