शुक्रबार, चैत्र १६, २०८०

बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्रा प्रयोजनार्थ छम्पीको जङगलबाट बुङमती ल्याईदै

काठमाडौं फागुन २५,  सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध IMG_6078sjh_eventPHotograpHY_12 barse jatra rato machhindranath Dhama @ chhampi jungle_2071धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। पाटनको रातो मत्स्येन्द्रनाथ र काठमाडौको सेतो मत्सेन्द्रनाथ प्रसिद्द छन भने   रातो मत्स्येन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन्।

त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन्। त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन्। पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयनत्रा गराइँदैन। अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ।

बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्राको समयमा बु·मतीमा रथ निर्माण गरी त्यहीँबाट रथ तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बु·मतीमै पुर्‍याई समाप्त गरिन्छ। यो रातो मत्स्येन्द्रनाथ रथयात्रा सो समयमा दुई पटक पाटन जावलाखेल र बुङमतीमा भोटो देखाई समाप्त गरिन्छ। सो नियम सम्बन्धमा नेपाल संवत् ८५२मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ।

पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा ४र५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथ यात्रा गराइँदैन। अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ। यसैक्रममा मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा प्रयोजनार्थ छम्पीको जङगलबाट धमा बुङगमति ल्याईएको छ ।