आइतवार, चैत्र १९, २०७९

सूचनाको हकसम्बन्धी ऐनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं फागुन २५,  व्यवस्थापिका–संसद्को विकास समितिले आज सरकारी निकायमा सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन र सूचना प्रवाहलाई प्रभावकारी  -copyबनाउन निर्देशन दिएको छ ।  समितिले आज सरकारी निकायमा सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन र सूचना प्रवाहको अवस्थाका विषयमा विभिन्न मन्त्रालयका सचिव, प्रवक्ता, संवैधानिक निकायका प्रतिनिधिको उपस्थितिमा आयोजित अन्र्तक्रियापछि यस्तो निर्देशन दिएको हो ।

अन्र्तक्रिया कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारी, सभासदद्धय रामकुमार भट्टराइ जीवनबहादुर शाहीले नागरिकको सूचनाको हकलाई स्थापित गर्न सूचना अद्यावधिक गरी सार्वजनिक गर्न सरकारी निकायलाई निर्देशन दिनुभएको थिया भने मुख्य सचिव लीलामणि पौडेल सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनबाट नै सुशासनलाई बल पुग्ने भएकाले सूचना लुकाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सार्वजनिक गर्न मिल्ने सूचनालाई स्वतः प्रकाशन गर्न पनि निर्देन दिईएको थियो ।
राष्ट्रिय सूचना आयोजका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले आयोगमा नयाँ पदाधिकारी नियुक्त भएपछि सबै मन्त्रालयका सूचना तीन तीन महिनामा वेबसाइटमार्फत स्वतः प्रकाशन गराउने प्रबन्ध गरिएको जानकरीदिनुभएको उक्त कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले प्रत्येक सोमबार प्रवक्ता पत्रकार भेटघाटका माध्यमबाट सूचना प्रवाह गराइएको जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728