शुक्रबार, बैशाख १४, २०८१

अन्तर्राष्ट्रिय विमानस्थल २ बजेदेखि सञ्चालनमा

काठमाडौ फागुन २३,  गत बुधवार टर्किस एयरको विमान दुर्घटना भउपछि अवरुद्धहँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराह्न २ बजेदेखि पुनःसञ्चालन हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणद्वारा आज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रतीशलाल सुमनले दिउँसोदेखि अन्तर्राष्ट्रिय उडान आवतजावतको  व्यवस्था गरिएको बताउँनुभएको छ ।

पत्रकारसम्मेलनमा जहाजलाई आज बिहान करिब ९ बजे मुख्य धावनमार्गस्थित सुरक्षित स्थानमा पु¥याइएपछि विमानस्थल पुनःसञ्चालन हुने सम्भावना बढेको जनाउँदै दुर्घटनाग्रस्त जहाजलाई ट्याक्सी वेमा ल्याउनका लागि नेपाली प्राविधिक तथा भारतबाट आएका प्राविधिकका साथै विशेषज्ञ र सुरक्षाकर्मीको सहयोगमा आवश्यक अन्य तयारी गरिएको जानकारी दिईएको छ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन नसक्दा विमानस्थलमा यात्रुलाई परेको समस्या लाई ध्यान दिदै अवरुद्ध विमानस्थल खुलेपछि यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।