सोमवार, चैत्र ६, २०७९

आज रङहरुको चाड फागुपूर्णिमा मनाइँदै

काठमाडौ फागुन २१, असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज भव्यताका 2 3 4साथ मनाइँदैछ । त्यसो त होलीको दिनलाई पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् ।

रङ्गीविरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख, शान्ति, समृद्धि र स्वास्थ्यको शुभकामना आदानप्रदान गरी वातावरणनै रगीन बनाई मनाइने यो चाडले समाजमा पृथक पहिचान बनाएको छ । फलस्वरूप, अन्तराष्ट्रिय जगत र अन्य संस्कृतिमा पनि लोकप्रिय हुँदैगएको छ। रङ्गको पर्व भएकाले एकातिर प्रेममैत्री, भाइचारा र सामाजिक  रूपमा स्थापित हुदैगइरहेको यो पर्व होलीका दहनको पौराणिक महत्वसंग जोडिएको छ ।

त्यस्तै आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधि  पूर्वक ढाली साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ।

यो क्रम आज वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।  त्यस्तै आजका दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्ने गर्दछ ।

होलीको प्रसङगमा धार्मिक आख्यान यस्तो छ:  सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728