सोमवार, चैत्र १३, २०७९

पत्रकारलाई मुद्दा चलाउन निर्देशन नदिएको अख्तियारको प्रष्टोक्ति

काठमाडौं फागुन १८,  घूस लिँदै गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा akthar3सार्वजनिक अपराधको मुद्दा दायर गरिएको भन्ने समाचारप्रति सोमबार विज्ञप्तिमा जारी गर्दै अख्तियारले उक्त समाचरप्रति आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ ।
अख्तियारले विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारलाई पक्रन निर्देशन नदिएको जनाउँदै स१चारकर्मीहरु विरुद्द अख्तियारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बांकेमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरिएको भन्ने उक्त समाचार पूर्णतः असत्य, भ्रामक र काल्पनिक भएको बताएको छ।

त्यस्तै विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र व्यवसायिक पत्रकारिताका प्रति आयोगको सर्वथा उच्च सम्मान रहि आएको छ । मनोगत निष्कर्षमा आधारित समाचार सम्प्रेषण गरी आयोगको छवि र प्रतिष्ठालाई धुमिल तुल्याउने प्रयत्न नगरी दिनुहुन सम्बद्द सवै पक्ष सङग आयोगले अनुरोध गरेको छ। यसअघि अख्तियारको निर्देशनमा सगरमाथा टेलिभिजनका समाचारदाता तिलक गाउँले र माउन्टेन टेलिभिजनका क्षेत्रनाथ देवकोटा विरुद्ध बाँके जिल्ला प्रशासनमा माघ २६ गते मुद्दा दायर गरिएको समाचरले उच्च प्राथमिकता पाएको थियो । र उक्त समाचार कान्तिपुर दैनिकमा आज प्रकाशित भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728