मङ्लबार, बैशाख ४, २०८१

सेतो मच्छिन्द्रनाथको जात्रा व्यवस्थापनको लागि समिति गठन

काठमाडौ चैत्र ३,   चैते दसैँका दिन देखि काठमाडौं मनाईने सेतो मच्छिन्द्रनाथको जात्रालाई व्यवस्थित बनाउन नीलकाजी शाक्यको संयोजकत्वमा ४३ सदस्यीय जात्रा  व्यवस्थापन समिति गठन गरिएको छ ।  सहकाल तथा वर्षाका देवता सेतो मच्छिन्द्रनाथको जात्राको क्रममा जनबहालस्थित मन्दिरबाट मूर्तिलाई तीनधारा पाठशालाअगाडि रथारोहण गराई भित्री सहरको परिक्रमा गराइगरिन्छ ।

त्यसपछि जमल इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ