बुधबार, बैशाख १२, २०८१

सावधान सार्वजनिक स्थलमा धूमपान गर्द हुँनुहुन्छ प्रहरीले समात्ला है

काठमाडौ फागुन २८ , यदि तपार्इं सार्वजनिक स्थानमा धूमपान गर्दै हुनुहन्छ भने सावधान हुनुहोस्, तपाईंलाई प्रहरीले पक्राउ गरी धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन, २०६८’ अन्र्तगत कारवाही गर्ने भएको छ । नेपाल प्रहरीले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन, २०६८’ जारी भएपनि त्यो पूर्ण रूपमा लागू smoking-lady-lनभएपछि ऐनको पूर्ण कार्यान्वयको लागि भन्दै अभियानका रुपमै कार्यान्वयनको पहल सुरु गरेको हो ।

यसैक्रमा प्रहरीले राजधानीको विभिन्न स्थानमा सार्वजनिक रूपमा धूमपान गर्ने २२ जनालाई प्रहरीले पक्राउ गरेकोे थियो । पक्राउ परेकामध्ये १७ लाई जिल्ला प्रशासन कार्यालय बबरमहलमा प्रतिव्यक्ति रुएकसाय दरले जरिवाना गर्नुको अलावा अव आईन्दा त्यसो नगर्न सम्झाई बुझाई छोडिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम कार्कीले जानकारी दिनु भएको छ ।

प्रस्तुत ऐनमा सार्वजनिक स्थल भनेर सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, क्लब, सार्वजनिक शौचालय, उद्योग कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, रिसोर्ट, रेस्टुरेन्ट बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्ड हल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी, पुल हाउस, डिपार्टमेन्टल स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारी प्रतीक्षालय, टिकट काउन्टरलगायत पर्ने उल्लेख रहेको छ ।