बिहिबार, बैशाख १३, २०८१

साल्ट टेडिङगको अध्यक्षमा पुन उद्योगपति मानन्धर निर्वाचित

काठमाडौं चैत्र १५ , गत शुक्रवार साल्ट टेडिङग कर्पोरेसन लिमिटेडको ४८ अ‍ौं वार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित    गरेको छ ।  यसरी निर्वाचित नयाँ सञ्चालक समितिमा  क्रमस लक्ष्मीदास मानन्धर, कल्याण गोविन्द श्रेष्ठ ,प्रदिपलाल श्रेष्ठ,अतुल मल्ल् कृर्तिकुमार जोशी ,अञ्जन श्रेष्ठ र  निरञ्जन श्रेष्ठ रहेका छन । त्यसैगरि निर्वाचित सञ्चालक समितिको बोर्डले साल्ट टेडिङगको अध्यक्षमा पुन पूर्वअध्यक्ष एवम उद्योगपति लक्ष्मीदास मानन्धरलाई आगामी ४ वर्षको लागि  सर्वसम्मत रुपमा  निर्वाचित गरेको हो ।

यसअघि सम्पन्न साधारणसभाले   आफ्ना सेयर धनीलाई १० प्रतिशत वोनश सेयर र १० प्रतिशत नगद लाभाश दिने निर्णय पारित गरेको उक्त सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्ष लक्ष्मीदास मानन्धरले गत आ.व. को तुलनामा यस वर्ष  कर्पोरेसनले  उल्लेखनीय रुपमा कारोबार वृद्धि गरेको तथ्याङक प्रस्तुत गर्नु भएको थियो ।  त्यस्तै उहाँले गत वर्षको पहिलो १० महिनामा २ अर्ब ४६ करोड ६१ लाख रुपयाको कारोबार गरेकोमा चालु आ.व. को १० महिनामा ३ अर्ब ७२ करोड १९ लाख रुपयाको कारोबार गर्न सफल भएको जानकारी दिनुभएको  थियो ।  त्यसतै  गुणस्तरयुक्त खाद्य तथा अन्य वस्तुको सरल सहज आपूर्ति गर्दै रु ४ अर्ब ८५ करोड को कारोबार गर्न सफल भएको जानकारी दिदै उहाँले  नेपाल सरकारले गत वर्ष ८५ हजार मेट्रिक टन रासायनिक मलको कारोबार गर्न कर्पोरेशनलाई दिएको जिम्मेवार सहितको दायित्व पूरा गर्दै साल्ट ट्रेडिङ्गले वर्षेनी हुने गरेको मलको अभावलाई समेत व्यवस्थापन गर्दै सरकारी निति अनुरुप संस्था व्यापार विविधीकरण तर्फ उन्मुख रहेको बताउँनु भएको थियो ।

त्यसैगरि कर्पोरेशनको  समन्वय  साझेदारीमा कारोबार गर्ने नीतिलाई निरन्तरता दिदै आयोडिनको कमीका कारण हुँन सक्ने कण्ठरोग नियन्त्रण आयोजनाको उपादेयतालाई दृष्टिगत गर्दै भारत सरकारको वित्तीय सहयोगमा सञ्चालित उक्त आयोजनालाई निरन्तरता दिने नीति अवलम्वन गर्नुको अलावा देशभर आफ्नो प्रभावकारी सेवा विस्तारको क्रमलाई निरन्तरता मुलुकको ग्रामीण परिवेस देखि शहरी क्षेत्रका विभिन्न स्थानमा बिक्रीकक्ष सञ्चालन र विभिन्न स्थानहरुमा डिपो कार्यालय सञ्चालन गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 यसै अवसरमा  साल्ट टेडिङगको लिममिटेडको अध्यक्षामा निर्वाचित लक्ष्मीदास मानन्धर लगायत  सञ्चालक समितिको  सफल कार्यकालको सफलताको लागि www. kantipurhotline.com को तर्फबाट  हार्दिक शुभकामना व्यक्त गर्दछौं ।