बिहिबार, बैशाख १३, २०८१

सर्वेक्षक यादवविरुद्ध मुद्धा दायर

काठमाडौ चैत्र ५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने रुपन्देही नापी कार्यालयका नापी सर्वेक्षक रामराज यादवविरुद्ध आज मुद्धा दायर 1235071_238849426264381_1100343611_nगरेको छ । नापी सर्वेक्षक यादवले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु छ हजार घुस लिएको पुष्टि भएकाले कानुनबमोजिम सजायको मागदावीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

त्यसैगरी, आजै आयोगले प्रहरी प्रधानकार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक कर्णबहादुर खड्का विरुद्ध पनि मुद्धा दायर गरेको छ । आयोगका अनुसार खड्काले बढुवा प्रयोजनका लागि नक्क्लीे शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको जनाएको छ ।