बिहिबार, बैशाख १३, २०८१

सञ्चार मन्त्रालयले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयको अनुगमन गर्दै

पत्रपत्रिका भ्याटमा दर्ता भएको नपाइएकाले परिणाम सार्वजनिक गर्न समस्या  : महानिर्देशक  कोइराला

काठमाडौ चैत्र  ९,   सूचना विभागद्दारा आज आयोजित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा सञ्चार मन्त्रालयले सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनका लागि क्षेत्रीय हुलाक निर्देशनालय र मातहतका कार्यालयबाट सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन र अनुगमन गर्ने तयारी गरेको

IMG_20150316_163818मन्त्रालयका प्रवक्ता पुरुषोत्तमप्रसाद तिवारीले बताउँनु भएको छ । त्यस्तै प्रवक्ता तिवारीका अनुसार जिल्ला हुलाक कार्यालयमार्फत जिल्लास्थित सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्थाका सम्बन्धमा पनि अनुगमन गरी सोको विस्तृत विवरण तयार पार्न कम भईरहेको जानकारी दिनुभएको छ ।

 त्यस्तै कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता डा झमकप्रसाद शर्माले जल तथा ऊर्जा क्षेत्रको दीर्घकालीन सोचको प्रतिवेदन तयार पारिएको जानकारीदिनुभएको उक्त अन्र्तक्रियामा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पत्रपत्रिकाको वर्गीकरणका लागि पेस गरिएको विवरणमा रु २० लाखभन्दा बढी कारोबार गरेका पत्रपत्रिका भ्याटमा दर्ता भएको नपाइएकाले परिणाम सार्वजनिक गर्न समस्या भएको बताउँनुभएको थियो

साथै सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता नरेशकुमार चापागाईं सिँचाइ मन्त्रालयका प्रवक्ता कौशलकिशोर झा,ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थी र लोकसेवा आयोगका सहायक प्रवक्ता गीताकुमारी हुमागाईंले पनि आ आफ्नो मन्त्रालय रविभाग र आयोगको कार्यप्रगति विवरण प्रस्तुत गर्दै सञ्चारकर्मीहरुलेउठान गरेको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।