शुक्रबार, चैत्र १६, २०८०

व्यक्तिगत विवरण दर्ताका लागि अनलाइसेवा सुरु

विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण विभाग स्थापना गर्ने उपप्रधानमन्त्री सिहको  प्रतिवद्धता

 काठमाडौ चैत्र ११,   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय पञ्जीकरण विभागले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै आफ्ना व्यक्तिगत विवरण अन्र्तगत जन्म, मृत्यु, विवाहलगायतका व्यक्तिगत विवरण दर्ताका लागि अनलाइसेवा सुरु गरेको छ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमकावीच सुभारम्भ गर्नु भएको प्रस्तुत सेवा सञ्चालनमा आएपछि अव जन्म , मृत्यु, विवाहलगायतका व्यक्तिगत विवरण दर्ता गर्न स्थानीय निकायमा नै धाउनुपर्ने बाध्यताको अन्त्य मात्र भएको छैन आम नागरिले यसअघि व्यहोर्दै आएको असहजपनको समेत अन्त्य भएको बताउँनुभएको छ । त्यस्तै उहाँले मुलुकका विभिन्न स्थानमा हुने आगलागी, बाढी पहिरोजस्ता प्रकोप व्यवस्थापनका लागि मन्त्रालयले छिट्टै नै विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण विभाग समेत स्थापना गर्ने तयारीमा रहेको जानकारी दिदै जनताको तथ्याङ्क सङकलनमा समेत सहयोग पेग्ने विस्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव सोमलाल सुवेदी महाशाखाका महानिर्देशक बसन्तराज गौतम लगायतले प्रस्तुतसेवाको ञ्चालनसङगै व्यक्तिगत विवरण दोहोरिने समस्यासमेत समाधान हुने अपेक्ष व्यक्तगर्नुभएको थियाृ यसअघि सोसम्बन्धी कार्य पञ्जीकरण महाशाखाले गर्दै आएको थियो । फोटो: युपी लामिछाने