शनिबार, बैशाख ८, २०८१

विस्तृत शान्ति सम्झौताको मर्मलाई नजरअन्दाज गरे प्रतिवाद

काठमाडौ चैत्र ८,  एमाओवादी लगायत ६ वटा माओवादीको आज नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले सत्तारुढदलले cpn_maoistविस्तृत शान्ति सम्झौताको मर्मलाई लत्याउँदै अगाडि बढ्न खोजेको ठहर गर्दै सम्झौताको मर्मलाई नजरअन्दाज गरे परिणाम भयावह हुँने चेतावनी दिएको छ ।

त्यस्तै बैठकले सत्तारुढदलले प्रस्तुत गरेको रवैया विरुद्ध सवै कम्युनिष्ट घटक एक हुदैं प्रतिवाद गर्नु पर्ने निष्कर्ष सहित विस्तृत शान्ति सम्झौताको अक्षरस कार्यान्वयनको माग गर्दै द्वन्द्वको समयमा भएको घटनाक्रममा लागेको भन्दै नियोजित रुपमा यो वा त्यो बाहानामा पक्राउ गर्नु आफैमा खेदजनक भएको भन्दै सरकारको अलोचना समेत गरेको छ ।

त्यस्तै एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, माओवादीका अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द, नेकपा (एकीकृत)का महासचिव परि थापालगायतका नेताहरूको सहभागिता रहेको उक्त बैठकले पार्टी एकताका लागि विगतमा गठन गरिएको कार्यगत एकता समितिलाई थप मजबुत बनाउने र पार्टी एकताको आधार तयार पार्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।