बिहिबार, चैत्र १५, २०८०

विश्व कप छनोटखेलका लागि राष्ट्रिय २३ सदस्यीय टोलीको घोषणा

  काठमाडौ फागुन २२,   अखिल नेपाल फुटबल सङ्घ एन्फाले विश्वकप छनोटअन्तर्गत पहिलो चरणका खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको anfa-logo-छ ।  यसरी घोषणा गरिएको टोलीमा कप्तान सागर थापा सहित अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र रञ्जित धिमाल गरी छजनाले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् ।

त्यस्तै गरि विकास कुथू, किरण चेम्जोङ, रितेश थापा, विराज महर्जन, सन्दीप राई, रविन श्रेष्ठ र रोहित चन्द छन् । त्यसैगरी विक्रम लामा, भोलानाथ सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, अनिल गुरुङ, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर र जुमानु राईले पनि आफ्नो नाम सुरक्षित गरेका छन् । शिव श्रेष्ठलाई वैकल्पिकका सदस्य खेलाडीको रुपमा चयन गरिएको छ ।

नेपालले आफ्नो पहिलो खेल ‘अवे म्याच’का रूपमा गुहाटीमा २२ मार्चमा भारतविरुद्ध खेल्नेछ भने १७ मार्चमा दशरथ रङ्गशालामा ‘होम म्याच’ खेल्नेछ ।