शुक्रबार, चैत्र १६, २०८०

लोकसेवा आयोगका पदाधिकारीको सुनुवाइ सकियो, अव पालो अख्तियारको

काठमाडौ चैत्र ८ , संसदीय विशेष सुनुवाइ समितिको आज बसेको बैठकले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरूको संसदीय सुनुवाइलाई सम्पन्न bicc गरेको छ । समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज बसेको बैठकले आयोगका सदस्यहरु क्रमस गोविन्द कुसुम, बृन्दा हाडा कृष्णचन्द झा, श्रीपुरुष ढकाल, अशोककुमार झा र बम्हदेव रायको नियुक्ति सिफारिस अनुमोदन गरेको हो ।

राष्ट्रपति डा रामवरण यादवले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएका आयोगका पदाधिकारीलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२५ (२) बमोजिम नियुक्त गर्नुहुनेछ ।   त्यस्तै संसदीय विशेष सुनुवाइ समितिले  अर्को साताबाट  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका आयुक्तहरूको सुनुवाइ सुरु गर्ने निर्णय सहितको  तयारी गरेको    छ ।