मङ्लबार, बैशाख ४, २०८१

राष्ट्र बैंकका गभर्नरमा डा नेपाल नियुक्त

Nepal-Govarnarकाठमाडौ चैत्र ५,  मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा अर्थविद् डा चिरञ्जीवी नेपाललाई राष्ट्र बैंकको १६औं गभर्नरकोे रुपमा नियुक्त गरेको छ । गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको हो