बिहिबार, बैशाख १३, २०८१

राजधानीमा यत्र तत्र सर्वत्र स्थानमा फोहोरको डुङगुर,सरकारले सुरक्षा ग्यारेण्टी गर्नुपर्ने माग

काठमाडौं फागुन २९ ,  काठमाडौं महानगरपालिकाका अन्र्तगतका विभिन्न ११ वटा कर्मचारी सङगठन आवद्ध कर्मचारीले राजधानीको फोहोर नउठाउने घोषणा गरेका छन्  ।ति कर्मचारीहरुले ओखरपौवाका बासिन्दाले महानगरपालिकाका लोडर, डोजर र स्काभेटरमा आगजनी गरेको बिरोधस्वरुप बिहीबारबाट पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा महानगरपालिकाका कर्मचारीले सरकारले सुरक्षाको भरपर्दो व्यवस्था नगरेसम्म फोहोर संकलन नगर्ने घोषणा गरेसँङगै राजधानीमा यत्र तत्र सर्वत्र स्थानमा फोहोर थुप्रिएको छ ।

घटना विवरण अनसार फोहोरमैला बोकेको सवारी साधनले बुधबार ओखरपौवामा एक बालकलाई ठककरदिई ज्यान लिएको भन्दै त्हाँका स्थानीयले २ वटा लोडर, २ वटा डोजर, एउटा स्काभेटर र आगलागी नियन्त्रणका लागि गएको दमकलमा तोडफोड र आगजनी गरेका बुझिएको छ ।

उनीहरुले तोडफोड र आगजनीमा संलग्नको पहिचान गरी उनीहरुबाट क्षति असुल गर्न र ओखरपौवाको सिस्डोलस्थित ल्याण्डफिल साइटको वैकल्पिक व्यवस्था गर्न पनि माग गरेका छन् ।