बिहिबार, बैशाख ६, २०८१

यस्तो छ एमालेका केन्द्रीय नेताहरुको कार्यविभाजन

काठमाडौ चैत्र १२,      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय नेताहरुको कार्य बिभाजन गरेको छ ।   प्राप्त समाचारमा उल्लेख भएअनुसार स्थायी कमिटी बैठकले क्रमस पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख नेतृत्व तथा स्कुल विभाग imagesप्रमुख, उपाध्यक्ष वामदेव गौतम सम्पर्क एवं समन्वय तथा मध्यपश्चिमाञ्चल प्रमुख तोकिएको छ भने उपाध्यक्ष बिद्यादेवी भण्डारीलाई पूर्वाञ्चल, युवराज ज्ञवालीलाई पञ्चिमाञ्चल, अष्टलक्ष्मी शाक्यलाई मध्यमाञ्चल, भिम रावललाई सुदुरपश्चिमाञ्चलको जिम्मेवारी दिईएको बुझिएको छ।

त्यस्तैगरि महासचिव इश्वर पोखरेललाई संगठनात्मक कामको नेतृत्व लिने गरि जिम्मेवारी तोकिएको भने १ सय ५९ जना केन्द्रिय नेताहरुको बिभिन्न बिभाग, फाँट, मोर्चा संगठन, क्षेत्रिय समिति र जिल्लाको जिम्मेवारी तोकेका छन ।
त्यस्तै बैठकले सहमतिको प्रयास हुँदाहुँदैं वार्ताको टेवलबाट पछि हटि एमाओवादीलगायतका ३० दलिय मोर्चाका आन्दोलनमा उत्रिएका कारण सहमतिको वातावरण बिग्रिएको निष्कर्ष निकालेको एमाले सचिव प्रदिप ज्ञवालीलाई उदृत गर्दै प्राप्त समाचरमा जनाइएको छ।