बिहिबार, चैत्र १५, २०८०

महासङ्घले आफ्नो ६ दशकको स्थापना दिवस भव्यताका साथ मनाउने

काठमाडौ चैत्र  ९,   नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले महासङ्घको ६०औँ स्थापना दिवस भव्यताका FNJ_logo2साथ मनाउने निर्णय गरेको छ ।  बैठकले महासङ्घको स्थापना दिवसमा चैत १४ गते पत्रकार र संविधानसभाका सदस्यबीच दशरथ रङ्गशालामा दिउँसो ३ बजे मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैत १५ गते बिहान ८ बजे भृकुटीमण्डपमा रक्तदान १६ गते भृकुटीमण्डपबाटै शान्तिबाटिकासम्म प्रभातफेरी गरिने र दिउँसो २ बजे प्रज्ञा–प्रतिष्ठानमा विशेष जलपान कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।