बिहिबार, चैत्र १५, २०८०

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यतालाई आमसञ्चार नीतिमा समावेश गर्न महासङ्घको सुझाव

काठमाडौ चैत्र ३,  नेपाल पत्रकार महासङ्घले स्वतन्त्र पत्रकारिताको सम्वद्र्धन, प्रवद्र्धन, श्रमजीवी पत्रकारको हकहित र मिडिया उद्योगको व्यावसायिक विकास सहित लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यता र विगतको अभ्यासमा कुनै सम्झौता नहुने गरी नीति समेट्ने गरी नयाँ आमसञ्चार नीति जारी गर्न 10सरकारलाई सुझाव दिएको छ ।

महासङ्घले आज बुझाएको सुझाव पत्र बुझदै सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महासङ्घको तर्फबाट प्रस्तुत सुझावलाई नीतिमा समावेश गरिने बताउँनु भएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र सहितको टोलीले सञ्चारमन्त्री डा रिजाललाई सञ्चार मन्त्रालयमा हस्तान्तरण गरेको उक्त सुझावपत्रमा सरकारले जारी गर्न गईरहेको नयाँ आमसञ्चार नीतिको मस्यौदामा रहेको पृष्ठभूमि, विद्यमान स्थिति, विगतका प्रयास, समस्या र चुनौती र नीतिको औचित्यलाई सारमा खिंचेर प्रस्तावनामा समेट्न र आमसञ्चार नीतिको प्रस्तावनामा विसं २००७ को सेरोफेरो, २०६२÷०६३ को ऐतिहासिक आन्दोलन, मिडियामा आएको बहुलता र समावेशितालाई पनि प्राथमिकरण गर्न सुझाव दिइएको छ ।

त्यस्तै सुझावमा आमसञ्चार क्षेत्रको पुनःसंरचना गरी स्वायत्त, निष्पक्ष र स्वतन्त्र निकायको विकास गर्न, आमसञ्चारमाध्यमलाई स्वनियम र स्वअनुगनम लागि अभिप्रेरित गर्दै त्यसका निम्ति वातावरण तयार गर्न, सरकारका नियन्त्रण र सञ्चालनमा रहेका प्रसारण माध्यमलाई सार्वजानिक सेवा प्रसारक संस्थाका रूपमा रूपान्तरण गर्न, आमसञ्चारका माध्यमका पूर्वाधारको विकास तथा पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको क्षेत्रको विकासका लागि विशेष सहुलियत प्रबन्ध गर्न र समाचार एजेन्सीसम्बन्धी नीतिगत स्पष्टता, महिलाबाट सञ्चालित सञ्चारमाध्यमलाई प्रोत्साहन, सूचना तथा सञ्चारको प्रविधिलाई प्रोत्साहन, लगानी, मापदण्ड र पारदर्शिता, प्रेस काउन्सिल ऐन, सूचनाको हकसम्बन्धी ऐनसम्बन्धी ऐन, नियमावलीलाई समसामयिक बनाउन, सञ्चार प्रतिष्ठानलाई समावेशी बनाउनेसम्बन्धी उच्चस्तरीय आयोगका सिफारिस, पत्रकारको भौतिक एवम् पेसागत सुरक्षाको प्रत्याभूतिको अनुगमन, राहत, दण्ड र पुरस्कारसम्बन्धी संयन्त्र र प्रक्रियालाई समेट्न पनि महासङ्घले सुझाव दिएको छ ।

यस्तो छ सुझाव पत्र: 

माननीय सूचना तथा सञ्चारमन्त्रीज्यू, सूचना तथा सञ्चार मन्त्रालय

सिंहदरवार, काठमाडौं

विषयः आमसञ्चार नीतिको मस्यौदाका सम्बन्धमा

सूचना तथा सञ्चार मन्त्रालयबाट तयार गरिएको आमसञ्चार नीति २०७१ को मस्यौदाका सम्बन्धमा नेपाल पत्रकार महासंघलगायत आमसञ्चार क्षेत्रको धारणा

सूचना-तथा-सञ्चार-मन्त्रालयबाट-तयार-गरिएको-3

थप विवरणको लागि यहाँ क्लिक गर्नुहोला