शनिबार, बैशाख ८, २०८१

प्रवेशाज्ञा निजी कम्पनीलाइ दिने प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन

काठमाडौ चैत्र १५ , संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज बसेको बैठकले प्रवेशाज्ञा प्रक्रिया निजी कम्पनीलाई दिँदा मलुकको सुरक्षा mrp_ व्यवस्थामा अाँच आउँने भन्दै प्रवेशाज्ञा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्ने सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रवेशाज्ञा प्रक्रिया सम्बन्धी प्रक्रियाको सम्पूर्ण कागजात समितिमा पेस गर्न निर्देशन दिएको बताउँदै समितिका सभापति प्रभु साहले आजको बैठकमा बोल्ने सबै सभासद्ले प्रवेशाज्ञा प्रक्रियाको विरोध गर्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग गरेकोजानकारी दिनुभएको छ ।

त्यस्तै बैठकमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधव नेपालले प्रवेशाज्ञा प्रक्रियाका बारेमा गम्भीर आशङ्का उत्पन्न भएको बताउँदै सरोकारवाला निकायसँग व्यापक छलफल आवश्यक रहेकामा जोड दिदै गर्दा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने मुलुक प्रविधिमा कमजोर भएकाले अध्यागमनलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित प्रवेशाज्ञामा निजी कम्पनीलाई दिनेबारे छलफलमात्रै चलेको तर कुनै नितिगत निर्णय भईनसकेको जानकारी दिनुभएको थियो ।