बिहिबार, बैशाख १३, २०८१

पत्रकार भट्टराई हत्या प्रकरणको छानबिनका लागि महासंङघद्दारा मिसन टोली गठन

काठमाडौ चैत्र १५,  नेपाल पत्रकार महासङ्घले कोसी राजमार्ग नजिकको जङ्गलमा मृत फेला परेका महासङ्घको उदयपुर शाखा आबद्ध पत्रकार रामप्रसाद भट्टराई ‘सचिन’ प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाको वास्तविकता पत्ता लगाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग FNJ_logo2गरेको छ । साथै महासङ्घले केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक गणेश पोखरेलको संयोजकत्वमा क्रमस केन्द्रीय सदस्य गणेश लम्साल ,उदयपुर शाखा अध्यक्ष केशव घिमिरे , उदयपुर शाखा अध्यक्ष कुशलबाबु बस्नेत र भक्तिविलास पोखरेल सम्मिलीत चार सदस्यीय ‘मिसन’ गठन गरेको जनाएको छ ।

यसैवीच कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेलमाथि ३० दलीय मोर्चाले चैत्र १५ पोखरामा गरेको प्रर्दशनको समाचार सङकलन क्रममा पत्रकार पौडेललाइ प्रदर्शनकारी र प्रहरीबीच भएको झडपको भिजुअल खिचिरहेको बेलामा प्रहरीले–“हामीले पिटेको मात्रै खिच्ने” भन्दै कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंङघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासङघका महासचिव उजिरमगरद्दारा जारी प्रेस विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको भूमिका निर्वाह गरी सत्य–तथ्य समाचार संप्रेषण गरिरहने पत्रकारमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको ठहर गर्दै पत्रकार पौडेलमाथि भएको कुटपिटको कडा शब्दमा भत्र्सना गरेको छ । त्यस्तै विज्ञप्तिमा स्वतन्त्रतापूर्वक समाचार सङकलन गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग आग्रह गर्दै पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्न सुरक्षा निकायसङग माग गरेको छ।