बुधबार, बैशाख १२, २०८१

नारी दिवसको अवसरमा पदयात्रा

महिला हिंसा अन्त्य गरौँ’! ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ’! ‘विभेदपूर्ण कानुन संशोधन गरौँ’ !

काठमाडौ फागुन २४,   १०५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोग लगायतका करिब तीन दर्जन विभिन्न गैरसरकारी सङ्घसंस्थाको सयुक्त  पहलमा राजधानीमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।

राजधानीको भृकुटीमण्डपबाट सुरु भएको सो पदयात्रा भद्रकाली मन्दिर, सहिदढोका, सुन्धारा र नयाँ सडक हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । -यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ’, ‘विभेदपूर्ण कानुन संशोधन गरौँ’ र ‘विकास तथा नीति निर्माणमा महिला सहभागिता बढाऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

साथै त्यस अवसरमा आयाजित कोणसभालाई मन्त्रालयका सचिव धनबहादुर तामाङ, महिला आयोगका अध्यक्ष शेष चाँदतारा आयोगका सदस्य उर्मिलादेवी विश्वकर्मा, महिला अधिकारकर्मी शर्मिला कार्की र सावित्री थापालगायतले महिलामैत्री संविधानका लागि सम्पूर्ण महिला एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएकोथियो ।