शनिबार, बैशाख ८, २०८१

नापीका छजना सर्वेक्षकविरुद्ध काठमाडौँमा मुद्दा दायर

काठमाडौ फागुन २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीहरुबाट रु पाँच हजारदेखि एक लाख पाँच हजारसम्म घुस लिएका सतुङ्गलस्थित नापी  कार्यालयका छजना सर्वेक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घरजग्गा हालसाविक गर्न घुस लिएको पुष्टि भएपछि नापी कार्यालयका छजना सर्वेक्षकविरुद्ध आयोगले शुक्रबार मुद्दा दायर गरेको जनाएको छ ।  यसरी मुद्धा दायरगरिएका सर्वेक्षकहरुक्रमस वीरेन्द्र पण्डित, मनोजकुमार साह, भोलाप्रसाद बस्ताकोटी, सामसागर महतो, मिथिलेष साह र नरेश साह रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख रहेको छ ।