शुक्रबार, बैशाख १४, २०८१

देशभर रामनवमी पर्व मनाइँदै, राममन्दिरमा भक्तजनको घुँइचो

काठमाडौ चैत्र १४ , आज चैत्र शुक्ल रामनवमी अर्थात भगवान् श्रीरामचन्द्रको जन्मोत्सब । भगवान् श्रीरामको जन्मोत्सबको अवसरमा भक्तिभाव सहित ramमुलुकभर हिन्दुधर्मालम्वीहरुले श्रद्धा र भक्तिभाव पुर्वक पूजा, भजन ,किर्तन गरी देशभर रामनवमी पर्व मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय तथा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। त्रेता युगमा आसुरी शक्तिका मतियार रावणको आसुरी प्रवृतिको अन्त्यका लागि अयोध्याका राजा दशरथको पहिलो पुत्रको रुपमा यस धरतीमा अवतरित हुँनुभएका श्रीरामको सम्झना रामनवमी मनाईने गरिआएको हो ।

यसैबीच जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि वेशेष मेला लाग्ने गर्दछ । मेलामा नेपाल तथा भारतका भक्तालुहरुको घुइँचो लाग्ने गर्दछ ।रामनवमीको अवसरमा आज विहानै देखि जनकपुरको गंगासागर, धनुषसागर लगायतका जलाशयमा स्नान गरी राम मन्दिरका साथै जानकी मन्दिरमा पूजाआराधना गर्ने दर्शनार्थीकोहरुको सख्या निकै बाक्लो हुने गर्दछ ।