बुधबार, बैशाख १२, २०८१

तपोवनले मनाए आफ्नो रजत महोत्सव

काठमाडौं चैत्र ८ /बसन्त शर्मा  /          ओशो तपोवनले आफ्नो रजत जयन्तीको अवसरमा   १८ मार्च देखि २० मार्च सम्म राजधनीमा विभिन्न कार्यक्रम DSCN9953 DSCN9930सहित आफ्नो रजत महोत्सव मनाएको छ । २०औं शताब्दिका महान व्यक्तित्वका रुपमा ख्याति कमाएका आचार्य रजनिशलाई पछि भगवान ओशोका रुपमा विश्वभरी चिन्ने गरिन्छ । भारतको मध्य प्रदेशको जवलपुर नजिकै अवस्थित कुचवाडा गाउँमा सन् १९३१ डिसेम्बर ११ मा जन्मिएका उनि एक विद्रोही स्वभावका थिए । राजधानकिो प्रज्ञा भवनमा १८ मार्च देखि २० मार्च सम्म ओशोका विचारका विषयमा विभिन्न विषयका विज्ञहरुकाबीच गोष्ठि गरिएको थियो भने तपोवन स्थापनाको दिन २१ मार्चमा तपोवन नार्गाजुनमा एक विषेश र भव्य कार्यक्रम गरिएको हो ।

२१ वर्षको उमेरमा २१ मार्च १९५३मा संबोधि भएका ओशो त्यस लगत्तै विश्व भ्रमणमा प्रवचन दिंदै हिडन थालेका थिए । १९७०को प्रर्दूभाव १९७४मा भारतको पुणेमा उनले कम्युनको स्थापना गरेका थिए । प्रवचन र ध्यानका माध्यमबाट विश्वलाई आफ्नो प्रभावमा पार्न सफल ओशो १९८१मा अमेरीका पुगेर त्यहाँको ओरेगन राज्यको मरुभूमिमा ‘रवनीशपुरम इन्टरनेशनल कम्युनको’ स्थापना चम्तकारिक रुपमा गरेको इतिहांस छ ।

त्यस लगत्तै अमेरीकाले उहाँको गतिविधिलाई नियन्त्रण गर्दै उनलाई गैर कानुनि कार्य गरेको भन्दै थुनामा समेत राखैको बताईन्छ । उनलाई सोही अवधिमा थैलियम नाको स्लो प्वाइजन दिएको तपोवनका संथपक एवम उनका शिष्यमध्यका एक स्वामी आनन्द अरुण बताउने गर्दछन् । संसरभरि उनको विषमा थुप्रै विवाद उठेको भएपनि उनले आफ्नो यात्रा जारी राखेका थिए । नेपालमा सन् १९८५ मा आएका ओशोले ४५ दिन बसेर ध्यान र प्रवचन दिएका थिए । व्यक्ति,समाज,राष्ट्र र विश्व का विषयमा भन्दा एउटा व्यक्तिको विषय महत्वपूर्ण रहने विचार राख्ने ओशोले प्रेम र यौनका विषयमा दिएका प्रवचनहरु संसारभरी प्रसिद्ध छन् ।  आफ्नो ५९ वर्षको जीवन अवधिभरी ओशोले दिएका प्रवचनका करिव ७ सय पुस्तकहरु बजारमा भेटिन्छन् । ध्यानको माध्यमबाट मुक्ति र दिव्यताको अवस्थामा पुग्ने कला सिकाएका ओशोका अन्तर्यात्रा,ध्यान विज्ञान, सम्भोग से समाधितक,  जस्ता उत्कृष्ट कृति प्रकाशनमा छन् ।