बिहिबार, बैशाख १३, २०८१

टेण्डर आफ्नो पक्षमा पार्न गुण्डागर्दी गर्ने ७ जनामाथि सार्वजनिक मुद्दा

काठमाडौ फागुन २७, बसुन्धरास्थित सिँचाइ कार्यालयमा मङ्गलबार भएको बोलपत्रमा गुण्डागर्दी गर्ने सातजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी handcuff-430x250केही सार्वजनिक अपराध मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा चलान गरेको छ ।

पक्राउ गरिएकाहरुम क्रमस ललितपुरका जाउलाखेल बस्ने प्रदिप तण्डुकार, कुपण्डोल बस्ने अरविन्द सिंह, काठमाडौँको चक्रपथ बस्ने विश्व गुरुङ, दोलखाका राजु श्रेष्ठ, नुवाकोट कल्याणपुर गाविसका श्रीराम तामाङ, नुवाकोट किम्ताङ गाविसका सुकबहादुर गुरुङ, गोरखा हंसपुर गाविसका पे्रमकुमार गुरुङ रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार निजहरुले आफ्नो पक्षमा बोलपत्र पार्न कार्यालय परिसरमा बसी अन्य व्यक्तिलाई डर त्रास धम्कीमा दिई बोलपत्र हाल्न बन्चित गराई सरकारी काम कारबाहीलाई नकारात्मक प्रभाव पारी शान्ति सुरक्षामा खलल पु-याएकाले पक्राउ गरिएको महाशाखाले जनाएको छ ।