शुक्रबार, चैत्र १६, २०८०

चैत २८ ���ते बाग्मती नदीको विशेष सफाइसहित महाअभियानको सयौँ हप्ता मनाईने

काठमाडौ फागुन २०,  २०६९ मङ्सिर १३ गतेदेखि सुरुभएको बाग्मती नदी सफाइ अभियानको १००औँ हप्ता आगामी चैत २८ गते विशेष महाअभियानका रुपमा सरसफाइ anup_20150214_6गरिने भएको छ । स्वच्छ बाग्मतीका लागि अभियनकेनेतृत्व गर्दै आउँनुभएका नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा महाअभियानको १००औं हप्ताको क्रममा सञ्चालन गरिने गतिविढी सम्बन्धमा नितिगत निर्णय गर्न आज आयोजित बैठकले आगामी चैत २८ गते विशेष महाअभियानका रुपमा सरसफाइ कार्यक्रममको आयोजा गर्ने निर्णय गरेको हो।

बैठकको निर्ण अनुसार उक्त दिन सुन्दरीजल–गोकर्ण, गोकर्ण–जम्बोडाँडा, जम्बोडाँडा–गुह्येश्वरी, गुह्येश्वरी–तिलगङ्गा, तिलगङ्गा–मनोहरा, मनोहरा–थापाथली, थापालली–बल्खु, बल्खु–चोभार क्षेत्रको नदीका दायाँ–बायाँ किनारामा सरकारका सचिवहरुले अगुवाइ विशेष सरसफाई कार्यक्रमको सञ्चालन गरिने भएको छ भने मुख्यसचिव पौडेलले तिलगङ्गा–मनोहरा क्षेत्रमा अगुवाइ गर्ने कार्यक्रम रहेको छ भने ती क्षेत्रका तीनवटै सुरक्षा निकाय, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि सहित कम्तीमा दस हजार जनसमुदायको सफाइमा सहभागिता गराईने भएको छ । त्यस्तै उक्त कार्यक्रममको लागि एकलाख मास्क, सोही सङ्ख्यामा पञ्जा, २० वटा खानेपानी ट्याङ्की, दस हजारवटा बोरालगायत सफाइमा प्रयोग गरिने भएको छ ।

त्यस्तै बैठकमा मुख्यसचिव पौड्यालले चैत २८ गते सबै काम छाडेर बाग्मती नदी सफाइ अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको थियो भने बैठकमा सहभागी विभिन्न मन्त्रालयका सचिवले स्वच्छ बाग्मतीका लागि आ–आफ्ना मन्त्रालयअन्तर्गतका कार्यक्षेत्रमा कामका जानकारी र सफाइ अभियानमा निरन्तर रुपमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको थियो।