बुधबार, बैशाख १२, २०८१

घूस लिँदालिँदैको अवस्थामा सुपरभाइजर यादव पक्राउ

काठमाडौ चैत्र १७,   रौतहटस्थित नेपाल विद्युत् प्राधिकरण शाखाका सुपरभाइजर उमेशकुमार यादवलाई घूस लिँदालिँदैगरेको अवस्थामा अख्तियार 1235071_238849426264381_1100343611_nदुरूपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।  अख्तियारका अनुसार सुपरभाइजर यादवले जिल्लाको रङ्गपुरस्थित राहुल राइस मिललाई ‘थ्री फेज’ विद्युत्लाइन जडान गर्न रु एक लाख ५० हजार लिइरहेका बेला आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।

साथै निज यादवलाई आयोगको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।