बुधबार, बैशाख १२, २०८१

घटदो मूल्यअनुरुपको भाडादर आजदेखि लागु गरिने, काठमाडौं उपत्यकाको न्युनतम भाडा रु१३

काठमाडौं फागुन १८ , पेट्रोलियम पदार्थको मुल्य घटेपछि घटदो मूल्यअनुरुप मन्त्रालयले सवारी साधनको हकमा २ दशमलब ३ प्रतिशत भाडा घटाएपनि यातायात  व्यवसायीले सरकारले घटाएको भाडादर कार्यान्वयना नल्याएपछि सरकारले घटेको भाडादर राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक यातायातका साधनहरुमा घटाइएको भाडादर आजदेखि लागु गरिने भएको छ ।

सरकारले घटाएको भाडा अनुसार काठमाडौं उपत्यकाको न्युनतम भाडा १३ रुपैयाँ पर्नेछ ।  सरकारले गएको महिनाको २७ गते मिटरजडित ट्याक्सीमा एक दशमलव ६२ प्रतिशत, यात्रुवाहक गाडीमा २ दशमलव ०३ प्रतिशत, तराईमा चल्ने मालबहाक गाडीमा ५ दशमलव २७ प्रतिशत र पहाडमा चल्ने मालबहाक गाडीमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाएको हो ।

भाडा घटेपनि सार्वजनिक गाडीमा लागू नभएपछि राजपत्रमा नै प्रकाशित गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताउनुभयो । कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भइसकेपछि त्यो कानुन सरह हुँने जानकारी दिदै सचिव सिटौलाले घट्दो भाँडादर कायम नगर्ने सवरी साधालाई कारवाहीगर्ने बताउँनु भएको छ।