मङ्लबार, बैशाख ४, २०८१

गुरुमापा नामका राक्षसलाई एक मुरी चामलको भात र मासु अर्पण गर्दै

काठमाडौं फागुन २२, बिहिबार मध्यरातमा राजधानीको टुँडिखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र anup_20150305_28Bएउटा राँगाको मासु खुवाईंएको छ ।

हरेक वर्ष फागु पूर्णिमाको राती किलागलमा पकाएको मासु र भात टुँडिखेलमा रहेको गुरुमापालाई खुवाइने गरिआएको प्रसङगमा प्राप्त किवदन्ती सहितको जानकारी अनुसार त्यसवेला गुरुमापा नाम गरेका राक्षसले उपत्यकाका मानिसलाई आफ्नो अहार बनाउँदै दिनहुँ जस्तो मान्छे मारेर खाने थालेपछि उपत्यकावसीले आजित भएको र पछि इटुम्वहालका जामुना गभाजु नामक तान्त्रिकका सहयोगमा ति राक्षसलाई तोरण राखेर समातेर मानिसको मासुको सट्टा वर्षको एकचोटी मासु र भात खुवाउने शर्तमा मानव वस्ती भन्दा टाढा रहेको टुडिखेलमा कैद गरेको भन्ने विश्वास छ ।