शनिबार, बैशाख ८, २०८१

कैलाली काग्रेसमा सदस्यता वितरणमा चुलियो विवाद

काठमाडौं चैत्र ९ , पार्टीको क्रियाशील सदस्यताको फर्म अनाधिकृत रुपमा वितरण गरेको ठहर गर्दै नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठकले download (3)जिल्ला उपाध्यक्ष लोकबहादुर महतोलाई पदमुक्त गरेको घोषणा गरेपछि राष्ट्रिय महाअधिवेशन नजिकिँदै जाँदा कैलाली काग्रेसमा विवाद चुलिएको समाचार प्राप्त भएको छ ।

त्यस्तै प्राप्त समाचारमा नयाँ क्रियाशील सदस्यता वितरणको लागि केन्द्रबाट पठाईएको फर्ममा कार्यवाहक अध्यक्षको हस्ताक्षर गरी जिल्ला उपाध्यक्ष महतोले आफू निकट कार्यकर्तालाई वितरण गरे पछि विवाद चुलिएको हो । तर पदमुक्त गरेको भनिएका जिल्ला उपाध्यक्ष महतोले आफूलाई बिनाकारण पार्टीले कारबाही गरेको आरोप लगाउँदै आफुले त्यसो नगरेको समाचारमा उल्लेख गरिएको छ ।