शनिबार, बैशाख ८, २०८१

कार्यकारी निर्देशकसहित १४ विरुद्ध मुद्दा दायर, विद्यालय निरीक्षक घिमिरे रङगेहात पक्राउ

काठमाडौ फगुन २७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा गरिबी निवारण कोषका निलम्बित कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध मुद्दा  दायर गरेको छ ।

akthar3यसरी मुद्दा दायर गरिएकाहरुमा कार्यकारी निर्देशक श्रेष्ठसहित प्रबन्धक धनराज साह, लालबहादुर सिवा, सन्दीपनाथ उप्रेती अजयकुमार पटेल, जयराज पन्त, सञ्जयकुमार झा, अखिलेशचन्द्र दास, हरेराम वाग्ले, दुर्गाबहादुर गान्धारी, लेखा अधिकृत दीलिपराज जोशी, प्रविन घिमिरे, मनोज चिपालु, सतिशकुमार चौधरी रहेको जनाउँदै निजहरुले आर्थिक वर्ष २०६६÷६७ देखि २०६८÷६९ सम्म व्यापकरुपमा अनियमितता भएको भनी परेको निवेदन उपर छानबिन हुँदा आव २०६६÷६७ मा रु ५५ लाख नौ हजार २२८, आव २०६७÷६८ मा रु एक करोड २१ लाख ५४ हजार २०७४ र आव २०६८÷६९ मा रु एक करोड एक लाख ९८ हजार ५९ समेत गरी तीन आर्थिक वर्षको अवधिमा जम्मा रु दुई करोड ७८ लाख ६१ हजार ३६१ हिनामिना भएको देखिन आएको आयोगले जनाएको छ ।

यसैवीच आयोगले जिल्ला शिक्षा कार्यालय, भक्तपुरका विद्यालय निरीक्षक कोमलनाथ घिमिरेले घुस लिदालिदै गरेको अवस्थामा आज रङगेहात पक्राउ गरेको छ । भक्तपुरको पलासेस्थित बालगणेश इङ्लीस स्कुलको कक्षा स्तरोन्नती गर्नका लागि घिमिरेले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले रु. ३० हजारसहित मध्यपुर ठिमीको एक चियापसलबाट नियन्त्रणमा पक्राउ गरिएको आयोगले जनाएको छ ।