शनिबार, बैशाख ८, २०८१

कार्यकर्ता भेलामा बुर्लुक बुर्लुक गर्दैमा केहि हुँनेवाला छैन : अध्यक्ष ओली

मनोनीत केन्द्रीय सदस्यहरुको शपथ:

काठमाडौ फागुन १७  नेकपा एमालेमा मनोनीत १० केन्द्रीय सदस्यमध्ये क्रमस केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश uml officeहमाल, सुमन प्याकुरेल, रामकुमार ज्ञवाली र जया घिमिले आज पार्टीका अध्यक्ष केपी ओलीबाट शपथ लिनुभएको छ ।  पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका बाहिर भएका कारण कृषिमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य हरि पराजुलीबाहेक अन्यले शपथ लिनुभएको हो । गत असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछि यही फागुन १३ गते केन्द्रीय कमिटीमा १० पूर्ण सदस्य मनोनीत हुनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई ‘नेपाली काँग्रेसमा मिले हुन्छ’ भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै एक महिना लामो तयारी गरेर खर्च गरेर आयेजित कार्यकर्ता भेलामा बुर्लुक बुर्लुक गर्दैमा केहि हँनेवाला नभएको बताउँनु भएको थियो । त्यस्तै नेता माधवकुमार नेपालले पार्टीमा रहेका सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभएको थियो ।