शनिबार, बैशाख ८, २०८१

काँग्रेसका नेताहरुले नैतिकताको पाठ सिक्ने कहिले ?

नेताहरुलाई जय नेपाल गर्दा थलिएका कर्मचारीको उपचारका लागि सभासद धनराज गुरुङको अभियान 

काठमाडौं चैत्र ११,  ४५ बर्षदेखि काँग्रेस नेताहरुलाई जय नेपाल गर्दै आएका दुई कर्मचारी अहिले विरामी छन्। काग्रेस पार्टी सत्तामा छ। तर उनीहरुको न उपचार काँग्रेसले गरेको छ। न सरकारले नै चासो राखेको छ। ४५ वर्ष सेवा गरेका ८१ वर्षीय मोहन कुमार खत्री र २२ वर्ष देखि केन्द्रीय कार्यलयमा सेवारत mohan-sureshसुरेश श्रेष्ठ (कान्छा दाइ) दुबै जना उपचार खर्च नपाएर आ आफ्नै डेराकोठामा मृत्युसँग जुधिरहेका छन्।

काँग्रेस केन्द्रीय  सदस्य तथा सभासद धनराज गुरुङले विरामी कर्मचारीहरुका उपचारका लागि यतिखेर सहयोग अभियान शुरु गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत शुरु गरेको अभियानमा यतिखेर उपचारका लागि सहयोग समेत जुट्न थालेको छ।
अभियान शुरु गर्नु अघी गुरुङले फेसबुकमा लेखेका छनः

ठूला भनाउदा नेता र मन्त्रीहरुलाई ज्वरो आयो भने गरीब जनताले तिरेको तिरोबाट जम्मा भएको राज्यको ढुकुटीबाट लाखौं, करोडौं खर्च गरेर बिदेश उपचार गर्न जान्छन् तर नेपाली काँग्रेस केन्द्रीय कार्यलयमा ४५ वर्ष सेवा गरेका ८१ वर्षीय मोहन कुमार खत्री र २२ वर्ष देखि केन्द्रीय कार्यलयमा सेवारत सुरेश श्रेष्ठ ( कान्छा दाइ) दुबै जना उपचार खर्च नपाएर आआफ्नै डेराकोठामा मृत्युसँग जुधिरहेका छन् । नेपाली कांग्रेसबाट मन्त्री परिषदमा गएकाहरुसँग अलिकति मात्रै नैतिकता भैदिएको भए सायद मोहन कुमार खत्री र सुरेश श्रेष्ठ हस्पिटलमा उपचार गराइरहेको हुनेथिए । यस बारेमा मैले सामाजिक सञ्जालमा लेख्नुपर्ने पनि थिएन । सामाजिक सञ्जालमा यस विषयमा लेख्नु परेकोमा म दुःखित छु, तर विनम्र अनुरोध छ प्रम एवं मन्त्रीज्युहरुमा, यो स्ट्याटस् पढेर उल्लेखित दुई जना योद्वाहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाईदिनु होला ।

गुरुङले फेसबुकमा लेखेपछि Ghana Shyam Bhandariले थप गुरुड्कै वालमा यसरी लेखे
दरबारीयाहरूले गरीबका लासहरू आफनो परीबारलाइ समेत दिएनन। साम्मेबादी लडाकुहरू आत्महत्या मानसिक विमारीको शिकार बनिरहेका छन। समाजवादी लडाकुहरू गम्भीर बीमार भएर पनी घरमा भगवानको नाम जपेर बसिरहेको अवस्थामा माननीय Dhan Raj Gurung को कदमलाई सलुट अनी सहयोग गरौ । मेरो तर्फवाट Rs 5000 via Scotland Nepalijansamparka samitte admin/chair Shree Madav Regmi. Welcome to all helping hand. गरीवहरूको शोषण र अपराध कामहरू वन्द गरीयोस।

धनराज फेरि लेख्छन
नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा ५५ वर्ष सेवा गरेको मोहन कुमार खत्री र ३२ वर्ष देखि पार्टी कार्यलयमा सेवारत सुरेश श्रेष्ठको उपचार खर्च जुटाउने अभियान थालेको छु । मेरो तर्फबाट रु दश हजार र टंक लम्साल भाइको तर्फबाट रु दश हजार गरी जम्मा रु बीस हजार डिपोजिट गरेर grand bank मा NC staff welfare fund खाता नं 00901972 co, खोलिएको छ ।  hamrakura.com बाट