शुक्रबार, चैत्र १६, २०८०

एमाले स्थायी कमिटीको बैठक स्थगित

भक्तपुर चैत्र १०,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटीको बैठक आन्तरिक तयारी नपुगेको imagesभन्दै भोलिसम्मका लागि स्थगित गरिएको छ ।  बैठकमा भाग लिन वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता ओलीनिवास पुगेका थिए । तर आज बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको प्राप्त समाचरमा उल्लेख गरिएको छ।

त्यस्तै प्राप्त माचारमा पार्टी अध्यक्ष ओलीको निर्देशअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएको बताउँदै उहाँले भोलि ११ बजे पुनः ओली निवासमा बैठक बसेर निर्णय गर्ने गरी आजको बैठक स्थगन गरिएको उल्लेख गरिएको छ